यी गोपनीयताका नीतिहरु जनराइड एपमार्फत सवारी सेवा दिने (चालक) र लिने (यात्री) सबैलाई लागु हुन्छ । यी नीतिहरुले जनराइड (“जनराइड”, “हामी” वा “हाम्रो”)ले सेवाग्राही (“सेवाग्राही” वा “तपाईं”)का जानकारीहरुको संकलन , सुरक्षा र वितरण गर्ने प्रक्रियाको वर्णन गर्दछ । जनराइडको मूल उद्देश्य सेवाग्राहीलाई सुरक्षित र सुखद सवारी अनुभति प्रदान गर्ने माध्यम बन्ने भएकोले तपाईंका गोपनीयताको हामी सम्मान गर्दछौँ ।
साइन इन गर्दा तपाईंले दिनुभएका तपाईंका व्यक्तिगत विवरणहरु जस्तै नाम, सम्पर्क नम्बर, लिङ्ग, जन्म मिति हामीलाई थाहा हुनेछ । तपाईंको प्रोफाइल तपाईंको चालक/यात्रीले देख्न सक्नेछ । तपाईंले ट्रयाकिङ्ग कोड दिनुभएको तपाईंको साथीले तपाईंको चालक/यात्रीको नाम थाहा गर्न सक्नेछ । हामी तपाईंको व्यक्तिगत विवरण कुनै तेस्रो पक्ष वा अन्य सेवागाह्रीलाई दिने छैनौँ ।
जनराइड चालकले सेवा प्रदान गर्नु पूर्व आफ्ना व्यक्तिगत विवरणका साथै सवारी प्रदान गर्नको लागि चाहिने सम्पूर्ण कागजातरु जस्तै सवारी दर्ता प्रमाणपत्र, सवारी चालक अनुमति पत्रको विवरण हामीलाई पेश गर्नुपर्नेछ ।
यी सवारी कागजातहरु हामी कसै माझ पनि सार्वजानिक गर्ने छैनौँ। तपाईंको यात्री र ट्रयाकिङ्ग कोड पाएका तपाईं र यात्रीका साथीले भने तपाईंको सवारीसाधनको प्रकार थाहा पाउन सक्नेछन् ।
एपको प्रयोग गर्दा GPS सेवामाफर्त तपाईंको वर्तमान स्थान हामी पहिचान गर्न सक्नेछौँ। यात्राको सहजताका लागि तपाईंको चालक/यात्रीले तपाईंको वर्तमान स्थान देख्न सक्नेछन् । तपाईंले आफ्नो ट्रयाकिङ्ग कोड कोही साथीलाई दिनुभएको छ भने तपाईंको साथीले तपाईंलाई र तपाईं चढ्नुभएको सवारीसाधनलाई ट्रयाक गरी वर्तमान स्थान थाहा गर्न सक्नेछ। सुरक्षाका लागि, आवश्यक भएमा तपाईंको वर्तमान स्थान निश्चित कानून प्रवर्तन निकायसँग हामी बाँड्न सक्नेछौँ ।
तपाईंका आकास्मिक सम्पर्क (Emergency Contact) सेट गर्नका लागि हामीलाई तपाईंको फोनबुकमा पहुँच हुन आवश्यक छ । सो फोनबुकका जानकारीहरु हामी कुनै तेस्रो पक्षलाई दिने छैनौँ । तपाईंले सवारी अनुरोध/स्वीकार गरेमा तपाईंको सम्पर्क नम्बर चालक/यात्रीले देखी तपाईंलाई सम्पर्क गर्न सक्नेछ।
तपाईंको सम्पर्क नम्बर तथा परिचय प्रमाणित गर्न हामी तेस्रो पक्षको प्रयोग गर्न सक्नेछौँ । तपाईंको परिचय अज्ञात गरी केही जानकारी व्यापारिक प्रयोजनको लागि साझा गर्न सक्नेछौँ ।